ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
दीपकराज गिरी सत्ताको प्रतिपक्षमा रहने
2082 General Parties Update

दीपकराज गिरी सत्ताको प्रतिपक्षमा रहने

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 2:24 PM 77 views
<p>काठमाडौँ । राजनीतिक विचारले नयाँ शक्ति मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुभ चिन्तक भनेर हास्य अभिनेता एवम् निर्माता दीपकराज गिरी चिनिएका थिए । यहाँसम्म की उनी रास्वपाबाट चुनावमा भाग लिने चर्चा पनि नचलेको हैन । गदौ २४ भदौको आन्दोलनमा अगलागीमा समेत उनको नाम जोडेर विवादमा दीपकलाई तानिएको थियो । तर, यिनै अभिनेताले आफू जहिले [&#8230;]</p> <p>The post दीपकराज गिरी सत्ताको प्रतिपक्षमा रहने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Onli...

काठमाडौँ । राजनीतिक विचारले नयाँ शक्ति मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुभ चिन्तक भनेर हास्य अभिनेता एवम् निर्माता दीपकराज गिरी चिनिएका थिए । यहाँसम्म की उनी रास्वपाबाट चुनावमा भाग लिने चर्चा पनि नचलेको हैन । गदौ २४ भदौको आन्दोलनमा अगलागीमा समेत उनको नाम जोडेर विवादमा दीपकलाई तानिएको थियो । तर, यिनै अभिनेताले आफू जहिले पनि सत्ताको विपक्षमा हुने गरेको बताएका छन् ।

मुलुकमा करिब दुई तिहाइ ल्याएर चाँडै नै सरकार बनाउने तयारीमा रास्वपा रहेको बेला कलाकार दीपकराज गिरीले कलाकारहरूले सकेसम्म सत्ताको प्रतिपक्षमा हुनु पर्ने बताएका छन् । मुख्य गरेर यति बेला विभिन्न कलाकारहरुबिच बालेन शाहसँगै खिचेको तस्बिर राखेर शाहसहित रास्वपा सभापति रबी लामिछाने र रास्वपालाई बधाई दिने होडबाजी चलेको छ । यसै क्रममा हास्यव्यंग्य अभिनेता दीपकराजले कलाकार प्रतिपक्ष हुनुपर्छ भनेका हुन् ।

दीपकराजले आफ्नो सामाजिक सञ्जालमा यस्तो भनेका छन्,‘कलाकारहरूले सकेसम्म सत्ताको प्रतिपक्षमा बसेर जनताको कुरा बोलिदिनु पर्छ, हिजोसम्म त्यही नै गरियो । भोली देखि पनि निस्वार्थ त्यही नै गरिन्छ । चुनाव सकियो, आउनेलाई शुभकामना, जानेलाई धन्यबाद ।’

आफू प्रतिपक्षमा रहे पनि यसरी सरकारमा आउँदै गरेको रास्वपा लाई उनले स्वागत भने गरेका छन् । यस्तै यो चुनाव सफल रूपमा सम्पन्न गरेर सरकारबाट बिदा हुने तयारीमा रहेको सुशीला कार्कीको सरकारलाई पनि उनले धन्यवाद भन्न भ्याएका छन् ।

The post दीपकराज गिरी सत्ताको प्रतिपक्षमा रहने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082