ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बालेन शाहको चुनावी खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ
2082 General Commission

बालेन शाहको चुनावी खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 1:23 PM 64 views
<p>काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।झापा ५ बाट निर्वाचित शाहले आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २८९ रुपैयाको खर्च विविरण बुझाएका हुन् । उनले सवारी साधन भाडा २ लाख ९३ हजार ५००, हवाइ भाडा ३५ हजार उल्लेख गरेका छन् । मतदाता प्रशिक्षण कार्यक्रम खाना [&#8230;]</p> <p>The post बालेन शाहको चुनावी खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ appeared first on RONB post.</p>

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
झापा ५ बाट निर्वाचित शाहले आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २८९ रुपैयाको खर्च विविरण बुझाएका हुन् ।

उनले सवारी साधन भाडा २ लाख ९३ हजार ५००, हवाइ भाडा ३५ हजार उल्लेख गरेका छन् । मतदाता प्रशिक्षण कार्यक्रम खाना खर्च २९ हजार ३९०, वडा स्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च २८ हजार ९७०, प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार भएको उल्लेख गरेका छन्।

उनले नमूना मतपत्र छपाईमा ४९ हजार ८५०, झाप ५ को क्षेत्रीय निर्वाचन कार्यलय संचालन र पानीमा भएको खर्च १ लाख २० हजार, स्टेसनरी खर्च २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।

प्रचार झन्डा र ब्याजको प्रसार सामग्री छपाइमा १ लाख ६५ हजार ४१, ब्यानर र स्टिकर छपाइमा १ लाख १९ हजार ८०८ र मनोनय दतामा भएको खर्च १० हजार गरी जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको पनि विवरण बालेनले निर्वाचन आयोगमा बुझाएका छन् ।

The post बालेन शाहको चुनावी खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ appeared first on RONB post.

commission election 2082