ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कुलमानको गृह जिल्लामा उज्यालो नेपाल पार्टिको जमानत जफत
2082 General Candidates

कुलमानको गृह जिल्लामा उज्यालो नेपाल पार्टिको जमानत जफत

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 11:16 AM 49 views
रामेछाप । उज्यालो नेपाल पार्टिका अध्यक्ष कुलमान घिसिङको गृह जिल्ला रामेछापमा उज्यालो नेपाल पार्टिको जमानत जफत भएको छ । उज्यालो नेपाल पार्टिले दिप बहादुर योन्जनलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको थियो । फागुन २१ गते भएको निर्वाचनमा रामेछापमा ९० हजार ७ सय १० जनाले मतदान गरेका थिए । मतदान भएको मध्ये रास्वपा उम्मेदवार डा कृष्णहरि बुढाथोकीले […]

रामेछाप ।

उज्यालो नेपाल पार्टिका अध्यक्ष कुलमान घिसिङको गृह जिल्ला रामेछापमा उज्यालो नेपाल पार्टिको जमानत जफत भएको छ । उज्यालो नेपाल पार्टिले दिप बहादुर योन्जनलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको थियो । फागुन २१ गते भएको निर्वाचनमा रामेछापमा ९० हजार ७ सय १० जनाले मतदान गरेका थिए ।

मतदान भएको मध्ये रास्वपा उम्मेदवार डा कृष्णहरि बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गर्नु भएको थियो । एमाले उम्मेदवार माधव ढुङ्गेलले १७ हजार ६ सय ९ मत¸ काग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत¸ नेपाली कम्युनिष्ट पार्टिका उम्मेदवार श्याम कुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टिका उम्मेदवार दिप बहादुर योन्जनले ७ हजार २ सय १० मत र श्रम संस्कृति पार्टिका उम्मेदवार ढाल बहादु खप्पाङ्गी मगरले १३ सय ३६ मत प्राप्त गरेका थिए ।

रामेछापमा ५ हजार ४८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । रामेछापमा रास्वपा¸ नेकपा एमाले¸ नेपाली काग्रेस र नेकपा बाहेकका दलको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम (जमानत) जफत हुने गर्दछ। रामेछापमा ३ जना स्वातन्त्र सहित १७ जना चुनावी मैदानमा थिए ।

candidates election 2082