ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रास्वपाका उम्मेदवारसँग हारे ११ पार्टीका अध्यक्ष
2082 General Candidates Update

रास्वपाका उम्मेदवारसँग हारे ११ पार्टीका अध्यक्ष

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 6:13 AM 51 views
<p>काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११ वटा राजनीतिक दलका नेतृत्वले पराजयको पीडा भोग्नुपरेको छ । ती सबै अध्यक्ष र सभापति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारसँग भारी मतले पराजित बनेका हुन् । आफ्नो हस्ताक्षरमा बाँडिएका टिकटबाट कतिपय जिल्ला र पालिका तहसम्मका उम्मेदवारले चुनाव जित्दा अघिल्लो प्रतिनिधिसभाको सबैभन्दा ठूला २ दलका अध्यक्ष र सभापति [&#8230;]</p> <p>The post रास्वपाका उम्मेदवारसँग हारे ११ पार्टीका अध्यक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक (लो...

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११ वटा राजनीतिक दलका नेतृत्वले पराजयको पीडा भोग्नुपरेको छ । ती सबै अध्यक्ष र सभापति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारसँग भारी मतले पराजित बनेका हुन् । आफ्नो हस्ताक्षरमा बाँडिएका टिकटबाट कतिपय जिल्ला र पालिका तहसम्मका उम्मेदवारले चुनाव जित्दा अघिल्लो प्रतिनिधिसभाको सबैभन्दा ठूला २ दलका अध्यक्ष र सभापति नै यो चुनावमा पराजित भएका छन् ।

रमाइलो त के छ भने मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३२ मध्ये ३० सिटमा जित दर्ता गर्दा मधेश प्रदेशबाट मात्र ८ वटा राजनीतिक दलका अध्यक्षहरू पराजित भए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग भारी मतले पराजित हुँदा कांग्रेसका सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर–४ मा रास्वपाकै उम्मेदवार अमरेशकुमार सिंहसँग ठूलो मतान्तरले पराजित भए ।

मधेश प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, राष्ट्रिय मुक्ति पार्टी ने पालका अध्यक्ष राजेन्द्र महतो, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री रिजवान अन्सारी र राष्ट्रिय निर्माण दल नेपालका अध्यक्ष समिम मियाँ अन्सारी चुनावी मैदानमा थिए । तर यी सबै अध्यक्ष पराजित भए । जसपा नेपालका अध्यक्ष यादव सप्तरी क्षेत्र नम्बर–३ बाट र जनमत पार्टीका अध्यक्ष राउत सप्तरी क्षेत्र नम्बर–२ बाट पराजित भएका छन् ।

जनता पार्टीका अध्यक्ष साहले रौतहट क्षेत्र नम्बर–३ बाट, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो सर्लाही–२ बाट, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारी महोत्तरी क्षेत्र नम्बर–३ पराजित भएका हुन् । यसैगरी राष्ट्रिय निर्माण दल नेपालका अध्यक्ष समिम मियाँ अन्सारी बारा क्षेत्र नम्बर–४ बाट र समुन्नत नेपाल पार्टीका अध्यक्ष खनाल बारा क्षेत्र नम्बर–४ बाट पराजित भए ।

यी सबै उम्मेदवारलाई रास्वपाका उम्मेदवारले भारी मतले पराजित गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापा क्षेत्र नम्बर–३ बाट रास्वपाकै उम्मेदवारबाट पराजित भएका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि काठमाडौं क्षेत्र नम्बर–३ बाट रास्वपाका उम्मेदवार तथा काठमाडौं महानगर प्रहरीका पूर्वप्रमुख राजुनाथ पाण्डेसँग पराजित भएका छन् । नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले पनि मधेश प्रदेशमा रास्वपाका उम्मेदवारसँगै हार्नुपरेको छ ।

कांग्रेसका हेभिवेट सबै पराजित
नेकपा एमालेको महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेर हारेका एमाले नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर–५ बाट पराजित हुँदा कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्रीहरू प्रदीप पौडेल र गुरु घिमिरे पनि रास्वपाकै उम्मेदवारबाट पराजित भएका छन् । काठमाडौं ५ बाट पौडेल र मोरङ क्षेत्र नम्बर–४ बाट घिमिरे ठूलो मतान्तरसाथ पराजित भएका छन् ।

कांग्रेसका नेता शेखर कोइराला पनि यसपटक ठूलो मतान्तरका साथ पराजित भएका छन् । कोइराला मोरङ क्षेत्र नम्बर–६ बाट रास्वपाकी रुबिना आचार्यसँग पराजित भए । पूर्वपदाधिकारी विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर–४ मा रास्वपाका मनिष झासँग ठूलो मतान्तरका साथ हारेका छन् ।

एमालेका सबै पदाधिकारी पराजित
नेकपा एमालेले आङ्खना सबै पदाधिकारीलाई सांसद बन्नबाट गुमाएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर–२ मा रास्वपाका सुलभ खरेलसँग ठूलो मतान्तरले पराजित हुँदा अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङमा रास्वपाका धर्मराज केसीसँग हारे । उपाध्यक्ष गोकर्ण विष्टलाई गुल्मी क्षेत्र नम्बर–२ मा रास्वपाका गोविन्द पन्थीले हराउँदा महासचिव र सचिवहरू पनि जित्न सकेनन् ।

महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विपिनकुमार आचार्यसँग पराजित भए । उपमहासचिव लेखराज भट्ट कैलाली क्षेत्र नम्बर–४ मा रास्वपाका खेमराज कोइरालासँग पराजित हुँदा सचिव महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर–२ मा रास्वपाका राजीव खत्रीसँग भारी मतले पराजित भएका छन् ।

The post रास्वपाका उम्मेदवारसँग हारे ११ पार्टीका अध्यक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082