ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मुगुमा कांग्रेसका खड्ग शाही बिजयी
2082 General Candidates Result

मुगुमा कांग्रेसका खड्ग शाही बिजयी

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 6:31 AM 68 views
<p>मुगु । मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाही विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकाया लाई ११९६ मतले पछि पार्दै विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७ हजार ९ सय २४ मतसहित विजयी हुँदा रोकायाले ६ हजार ७ सय १८ मत पाएका छन् । [&#8230;]</p> <p>The post मुगुमा कांग्रेसका खड्ग शाही बिजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest N...

मुगु । मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाही विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकाया लाई ११९६ मतले पछि पार्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७ हजार ९ सय २४ मतसहित विजयी हुँदा रोकायाले ६ हजार ७ सय १८ मत पाएका छन् । तेस्रो भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले ५ हजार ५ सय ५८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमटाले ५ सय ३० मतसहित चौथो भएका छन् ।मुगुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बल बहादुर मल्लले २ सय ३ नेकपा माओवादीका उम्मेदवार रंग बिर परियारले २८० पाएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ मत ल्याएका छन् । यसै बिच मुगुमा ३६ हजार ३१ मतदाता मध्ये २२ हजार ७१ मत खसेको थियो । जसमा ८ सय ४६ मत बदर भएका छ्न ।

The post मुगुमा कांग्रेसका खड्ग शाही बिजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082