ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सङ्खुवासभामा मतान्तर घटनाउँदै रास्वपाका उम्मेदवार शेर्पा
2082 General Results Update

सङ्खुवासभामा मतान्तर घटनाउँदै रास्वपाका उम्मेदवार शेर्पा

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 6:57 AM 61 views
<p>सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले मत अन्तर घटाउन थालेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका अर्जुनकुमार कार्की र रास्वपाका मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ । हालसम्मको मतगणनामा एमालेका कार्कीले १० हजार १ सय ७७ मत प्राप्त गर्दा रास्वपा उम्मेदवार शेर्पाले ९ हजार १ सय ९४ [&#8230;]</p> <p>The post सङ्खुवासभामा मतान्तर घटनाउँदै रास्वपाका उम्मेदवार शेर्पा appeared first on राजधानी राष्ट्रिय...

सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले मत अन्तर घटाउन थालेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका अर्जुनकुमार कार्की र रास्वपाका मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

हालसम्मको मतगणनामा एमालेका कार्कीले १० हजार १ सय ७७ मत प्राप्त गर्दा रास्वपा उम्मेदवार शेर्पाले ९ हजार १ सय ९४ मत प्राप्त गर्दै मत अन्तर घटाएका हुन् । एमालेका कार्की र (रास्वपा) का शेर्पाबीचको ९ सय ८३ मतान्तर रहेको छ ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठले ७ हजार ६ सय ५९ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ५ हजार ९ सय ४ मतका साथ चौथो स्थानमा छन् । नेपाली कम्युनिस्ट पार्टी नेकपाकी सरिता थापाले १ हजार ९ सय ६७ मत र राष्ट्रिय परिर्वतन पार्टीका घनश्याम वालिङ राईले ५ सय ३४ मत प्राप्त गरेका छन् । जिल्लामा १५ दलका र एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

गणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको छ । मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १५ दलका र एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

The post सङ्खुवासभामा मतान्तर घटनाउँदै रास्वपाका उम्मेदवार शेर्पा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082