ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रकाश शरणलाई हराउँदै रास्वपाका तिमिल्सिना विजयी
2082 General Candidates Result

प्रकाश शरणलाई हराउँदै रास्वपाका तिमिल्सिना विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 10:25 PM 62 views
बागमती प्रदेशअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमिल्सिना निर्वाचित भएका छन्। ४३ वर्षीय तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गरी जित हासिल गरेका हुन्।...

बागमती प्रदेशअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमिल्सिना निर्वाचित भएका छन्। ४३ वर्षीय तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गरी जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री ६६ वर्षीय प्रकाश शरण महतले १८ हजार ५९७ मत प्राप्त गरे। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका ६२ वर्षीय हित बहादुर तामाङ १३ हजार ३७७ मतका साथ तेस्रो स्थानमा रहे।

पुराना शक्ति र स्थापित नेताहरूलाई पछि पार्दै नुवाकोटमा पनि रास्वपाले आफ्नो झण्डा गाडेको छ।

candidates election 2082