ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रामेछापमा निर्वाचन सामाग्री बोकेको गाडी दुर्घटना: असई यादवको घटनास्थलमै मृत्यु, ७ घाइते
2082 General Election

रामेछापमा निर्वाचन सामाग्री बोकेको गाडी दुर्घटना: असई यादवको घटनास्थलमै मृत्यु, ७ घाइते

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 6:49 PM 44 views
रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा निर्वाचन सामाग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ।...

रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा निर्वाचन सामाग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ।

सोमबार मन्थलीबाट मतदान केन्द्रतर्फ जाँदै गरेको उक्त गाडी सडकबाट करिब २०० मिटर तल खस्दा सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको मतदान केन्द्रका लागि निर्वाचन सामाग्रीसहित कर्मचारी लिएर गइरहेको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

गाडीमा जम्मा ११ जना सवार रहेको बताइएको छ। दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन्। गाडी अनियन्त्रित भएपछि ३ जनाले भने हाम फालेर ज्यान जोगाउने प्रयास गरेका थिए।

दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार बेस खुर्कोटको टोली घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरी नायव निरीक्षक (सई) रमेश बहादुर थापाको कमान्डमा खटिएको गोताखोर र विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले भिरालो र अप्ठ्यारो स्थानबाट घाइतेहरूको उद्धार गरेको हो।

उद्धार गरिएका ७ जना घाइतेहरूलाई थप उपचारका लागि मन्थली अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

election election 2082