ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

एमाले सचिव शेरधन राईलाई पराजित गर्दै ‘माटो’ का ध्रुवराज विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 4:55 PM 66 views
<p>काठमाडौं । भोजपुरमा श्रमसंस्कृतिका ध्रुवराज राई विजयी भएका छन्। उनले नेकपा (एमाले) का उम्मेदवार एवम् कोशीका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका हुन् । अन्तिम मतपरिणाम अनुसार ध्रुवराज ले १६ हजार ६६३ मत प्राप्त गरे भने शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरे । यस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत ल्याएका छन् [&#8230;]</p> <p>The post एमाले सचिव शेरधन राईलाई पराजित गर्दै ‘माटो’ का ध्रुवराज विजयी appeared first on RONB post.</p>

काठमाडौं । भोजपुरमा श्रमसंस्कृतिका ध्रुवराज राई विजयी भएका छन्। उनले नेकपा (एमाले) का उम्मेदवार एवम् कोशीका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार ध्रुवराज ले १६ हजार ६६३ मत प्राप्त गरे भने शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरे । यस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले ६ हजार १०२ मत प्राप्त गरेका छन्। त्यस्तै ‘तारा’ चुनाव चिह्नका उम्मेदवार अजम्बर राई काङमाङले ५ हजार ६२८ मत प्राप्त गरेका छन्।
एमाले छाडेर हर्कराज राईको श्रमसंस्कृति पार्टीमा प्रवेश गरेका ध्रुवराज भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका पूर्वअध्यक्ष हुन् । ध्रुवराजलाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद् सदस्य तथा पूर्वमन्त्री सुदन किरातीले सहयोग गर्ने घोषणा गरेका थिए।

The post एमाले सचिव शेरधन राईलाई पराजित गर्दै ‘माटो’ का ध्रुवराज विजयी appeared first on RONB post.

candidates election 2082