ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
आयोगको निर्देशन-‘अदालतको आदेश नआएसम्म धनुषा-१ को परिणाम सार्वजनिक नगर्नू’
2082 General Candidates Alert

आयोगको निर्देशन-‘अदालतको आदेश नआएसम्म धनुषा-१ को परिणाम सार्वजनिक नगर्नू’

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 5:14 PM 233 views
<p>काठमाडौं । निर्वाचन आयोगले धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मतपरिणाम तत्काल घोषणा नगर्न निर्देशन दिएको छ। आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो । रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवार खारेजको रिटमा सोमबार पेसी तोकिएको छ । आयोगका अनुसार उक्त प्रकरणमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भई सुनुवाइ प्रक्रियामा रहेकाले अदालतको [&#8230;]</p> <p>The post आयोगको निर्देशन-&#8216;अदालतको आदेश नआएसम्म धनुषा-१ को परिणाम सार्वजनिक नगर्नू&#8217; ap...

काठमाडौं । निर्वाचन आयोगले धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मतपरिणाम तत्काल घोषणा नगर्न निर्देशन दिएको छ।

आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो । रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवार खारेजको रिटमा सोमबार पेसी तोकिएको छ ।

आयोगका अनुसार उक्त प्रकरणमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भई सुनुवाइ प्रक्रियामा रहेकाले अदालतको आदेशपछि मात्रै थप प्रक्रिया अघि बढाइनेछ। यस सम्बन्धमा प्रदेश निर्वाचन कार्यालय धनुषालाई समेत जानकारी गराइएको आयोगले जनाएको छ।

मतदान पूर्व मौन अवधि सुरु भएकै दिन फागुन १९ गते आयोगले उजुरीको अधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गरेको थियो।

The post आयोगको निर्देशन-‘अदालतको आदेश नआएसम्म धनुषा-१ को परिणाम सार्वजनिक नगर्नू’ appeared first on RONB post.

candidates election 2082