ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

अमरेशले जितेलगत्तै कांग्रेस नेतामाथि सांघातिक आक्रमण, अस्पताल भर्ना

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 4:52 PM 56 views
सर्लाही – सर्लाही ४ मा अमरेशले चौथोपटक चुनाव जितेलगत्तै ज्यादती सुरु भएको छ । सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ। दिउँसो करिब १२ः१० बजे बलरा–४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुनिल सिंहको घरको उत्तरतर्फ रहेको बाटोमा आक्रमण भएको कांग्रेसका स्थानीय युवा नेता […]

सर्लाही – सर्लाही ४ मा अमरेशले चौथोपटक चुनाव जितेलगत्तै ज्यादती सुरु भएको छ । सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ।

दिउँसो करिब १२ः१० बजे बलरा–४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुनिल सिंहको घरको उत्तरतर्फ रहेको बाटोमा आक्रमण भएको कांग्रेसका स्थानीय युवा नेता नवीन कुशहवाले जानकारी दिएका छन्। सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा अज्ञात समूहले गाडीमाथि आक्रमण गरेको जनाइएको छ।

नवनिर्वाचित सांसद अमरेशका भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र बलरा–४ का पंकजकुमार झाले आक्रमण गरेको आरोप लगाइएको छ।

आक्रमणबाट घाइते भएका सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। घटनाप्रति कांग्रेस सर्लाही ४ ले आपत्ति जनाएको छ। विजय जुलुसको क्रममा सिन्हामाथि ज्यान लिने गरी आक्रमण भएको आरोप लगाउँदै कांग्रेसले दोषीमाथि कानुनबमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेको छ।

कांग्रेस कार्यकर्ताले यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। साथै, यस्ता घटनाविरुद्ध आफूहरू चुप लागेर नबस्ने चेतावनी पनि कांग्रेस कार्यकर्ताहरूले दिएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ।

election election 2082