ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रामेछापमा रास्वपा उम्मेदवार बुढाथोकी विजयी 
2082 General Candidates Result

रामेछापमा रास्वपा उम्मेदवार बुढाथोकी विजयी 

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 5:22 PM 69 views
रामेछाप ।  प्रतिनिधि सभाको निर्वाचनमा रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डाक्टर कृष्णहरी बुढाथोकी विजयी भएका छन्  । बुढाथोकीले एमाले उम्मेदवार माधव प्रसात ढुङ्गेललाई पराजित गर्दै  विजयी भएका हुन् ।  रामेछापमा कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता मध्ये फागुन २१ गते भएको मतदानमा ९० हजार ७ सय १० जनाले मतदान गरेका थिए । […]

रामेछाप । 

प्रतिनिधि सभाको निर्वाचनमा रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डाक्टर कृष्णहरी बुढाथोकी विजयी भएका छन्  । बुढाथोकीले एमाले उम्मेदवार माधव प्रसात ढुङ्गेललाई पराजित गर्दै  विजयी भएका हुन् । 

रामेछापमा कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता मध्ये फागुन २१ गते भएको मतदानमा ९० हजार ७ सय १० जनाले मतदान गरेका थिए । मतदान भएको मध्ये रास्वपा उम्मेदवार बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गरेका छन् । 

एमाले उम्मेदवार माधव ढुङ्गेलले १७ हजार ६ सय ९ मत¸ कांग्रेसका  उम्मेदवार रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत¸ नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार श्याम कुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत¸ उज्यालो नेपाल पार्टीका उम्मेदवार दिप बहादुर योन्जनले ७ हजार २ सय १० मत¸ श्रम संस्कृति पार्टीका उम्मेदवार ढाल बहादुर खप्पाङ्गी मगरले १३ सय ३६ मत प्राप्त गरेका थिए  भने रामेछापमा ५ हजार ४८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।

candidates election 2082