ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
गोरखा–१ मा गुरुङको अग्रता कायमै, हजार मतले अगाडि
2082 General Results

गोरखा–१ मा गुरुङको अग्रता कायमै, हजार मतले अगाडि

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 4:36 PM 41 views
गोरखा निर्वाचन क्षेत्र नम्बर-१ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन्।...

गोरखा निर्वाचन क्षेत्र नम्बर-१ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन्।

पछिल्लो मतपरिणामअनुसार रास्वपाका गुरुङले ९ हजार ३ सय ६२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्री ८ हजार ८१ मतसहित दोस्रो स्थानमा रहेका छन्।

यी दुई उम्मेदवारबीच १ हजार २ सय ८१ मतको अन्तर रहेको छ।

त्यसैगरी, तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरिराज अधिकारीले ३ हजार ८ सय ५ मत प्राप्त गरेका छन्। उता, नेकपा एमालेका उम्मेदवार रामचन्द्र लामिछानेले भने १ हजार ७ सय ९ मत पाएका छन्।

results election 2082