ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मुगुमा कांग्रेसका उम्मेदवार खड्ग  शाही विजयी
2082 General Candidates Result

मुगुमा कांग्रेसका उम्मेदवार खड्ग  शाही विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 3:33 PM 70 views
मुगु।  मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाही  विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायालाई १ हजार १९६ मतले पछि पार्दै विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७ हजार ९ सय २४ मतसहित विजयी हुँदा रोकायाले ६ हजार ७ सय १८  मत पाए । नेपाली कम्युनिस्ट […]

मुगु। 

मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाही  विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायालाई १ हजार १९६ मतले पछि पार्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७ हजार ९ सय २४ मतसहित विजयी हुँदा रोकायाले ६ हजार ७ सय १८  मत पाए । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाहीले  ५ हजार ५ सय ५८  मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन  टमटाले ५ सय ३० मत प्राप्त गरेका छन्।

मुगुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बल बहादुर मल्लले  २ सय ३,  नेकपा माओवादीका उम्मेदवार रंग वीर परियारले  २८० पाए । प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ मत ल्याएका छन् ।   एक निर्वाचन  क्षेत्र रहेको मुगुमा ३६ हजार ३१ मतदातामध्ये २२ हजार  ७१ मत खसेको थियो । जसमा ८ सय ४६ मत बदर भएका छ्न् ।

candidates election 2082