ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
ललितपुर–२ मा रास्वपाको जित, जगदीश खरेल विजयी
2082 General Candidates Result

ललितपुर–२ मा रास्वपाको जित, जगदीश खरेल विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 12:39 PM 79 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ निर्वाचित भएका छन्। निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९ सय ४१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४ सय २० मत प्राप्त गरेका […]

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९ सय ४१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४ सय २० मत प्राप्त गरेका छन्।

यसैगरी उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले ५ हजार ५ सय ४७ तथा नेकपा एमालेका प्रेमबहादुर महर्जनले ४ हजार ५ सय ३६ मत प्राप्त गरेका छन्।

कूल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ६१ हजार ९ सय ७५ मत खसेको थियो। जसमध्ये ३१ हजार ३५ महिला र ३० हजार ९ सय ४० पुरुष मतदाता रहेका थिए। उक्त निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

candidates election 2082