मकवानपुर । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ३० हजार ५० मतसहित निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार नेकपा (एमाले)का उम्मेदवार महेशकुमार बर्तौलाले १८ हजार ८४६ मत, नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ५६ मत, नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्टले १२ हजार ४९२ मतमात्र प्राप्त गरेका छन् ।
मनहरी गाउँपालिका–७ निवासी २५ वर्षीय उप्रेती पेसाले शिक्षक तथा होटल तथा पर्यटन व्यवसायी हुन् । मकवानपुरको दुई क्षेत्रमा कुल ५९ प्रतिशत मत खसेको थियो । मकवानपुर–२ मा दलीय र स्वतन्त्र गरी कुल २१ जनाको उम्मेदवारी परेको थियो ।
The post मकवानपुर–२ मा रास्वपाका उप्रेती विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....