ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी  
2082 General Candidates Result

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी  

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 10:52 AM 77 views
खोटाङ।   प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार आरेन राईले १६ हजार ६ सय १२ मत ल्याउँदै विजयी बहेका हुन् । आरेनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार देवबिक्रम राइले १२ हजार ७ सय १४ मत ल्याएका छन् […]

खोटाङ। 

 प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार आरेन राईले १६ हजार ६ सय १२ मत ल्याउँदै विजयी बहेका हुन् ।

आरेनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार देवबिक्रम राइले १२ हजार ७ सय १४ मत ल्याएका छन् ।  यस्तै, नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५६ मत पाए ।

मत गणनाको अन्तिमसम्म श्रम संस्कृति, कांग्रेस र एमालेको रोचक प्रतिस्पर्धात्मक नतिजा आईरहेको थियो ।  श्रम संस्कृतिका तर्फबाट आरेनले सुरुवाती चरणदेखि नै अग्रता छाडेका थिएनन्  । दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको जिल्लाबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट हरी रोकाले ९ हजार ४ सय ४३ मत पाए। 

  प्रतिनिधि सभा सदस्यका लागि भएको यस निर्वाचनका लागि  एक लाख ४७ हजार १ सय २० जना मतदाता रहेको थियो । जसमध्ये ६३ हजार ३५ मत अर्थात ४३ प्रतिशत मात्र मत खसेको थियो ।  यस अघि २०७९ को निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनबाट तत्कालिन नेकपा माओबादी केन्द्रका रामकुमार राई (पासाङ) निर्वाचित भएका थिए।

candidates election 2082