झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित भएकी छिन् । निर्वाचन अधिकृतको कार्यालयलयका अनुसार उनले ६० हजार ११० मत प्राप्त गरिन ।
सो क्षेत्रमा उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे ।
श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले सात हजार २९१, नेपाली कांग्रेसकी सरिता प्रसाईँले पाँच हजार ६१६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले तीन हजार ९६६ मत प्राप्त गरे ।
अघिल्लो प्रतिनिधिसभामा सभामुख–उपसभामुख भएर सहकार्य गरेका देवराज–इन्दिरा यस पटक प्रतिस्पर्धी बनेर मैदानमा ओर्लिएका थिए । यी दुईको भिडन्तका कारण झापा २ पनि चर्चामै थियो ।
The post झापा–२ मा रास्वपाकी रानामगर निर्वाचित,देवराज घिमिरे पराजित appeared first on RONB post.