ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

मोरङ– ३ मा रास्वपा उम्मेदवार गणेश कार्की विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 8:39 AM 61 views
<p>काठमाडौं । मोरङ– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की विजयी भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार उनले ३६ हजार ९२४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस पार्टीका उम्मेदवार सुनिलकुमार शर्माले २४ हजार ३५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले [&#8230;]</p> <p>The post मोरङ– ३ मा रास्वपा उम्मेदवार गणेश कार्की विजयी appeared first on RONB post.</p>

काठमाडौं । मोरङ– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की विजयी भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार उनले ३६ हजार ९२४ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस पार्टीका उम्मेदवार सुनिलकुमार शर्माले २४ हजार ३५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार इरन राईले ७ हजार ७५२ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा १ लाख ५८ हजार ५७ कुल मतदाता रहेकामा ९६ हजार ६७७ मत खसेको थियो ।

The post मोरङ– ३ मा रास्वपा उम्मेदवार गणेश कार्की विजयी appeared first on RONB post.

candidates election 2082