ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
पश्चिम नवलपरासी–१ मा विनोद चौधरी ३५ हजार बढी मतान्तरले पराजित
2082 General Candidates

पश्चिम नवलपरासी–१ मा विनोद चौधरी ३५ हजार बढी मतान्तरले पराजित

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 7:18 AM 38 views
नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।...

नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतगणना अनुसार उनी ४५ हजार २४१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पराजित गरेका हुन्।

यस क्षेत्रमा कांग्रेसका चौधरीले नौ हजार ५०२ मत प्राप्त गरे। नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद पाण्डेयले सात हजार ९५६ तथा जनता समाजवादी पार्टी नेपालका हृदयेश त्रिपाठीले सात हजार ८३२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

candidates election 2082