ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रौतहट–२ मा कांग्रेसको खाता, डाक्टर फिरदोष आलम विजयी
2082 General Parties Result

रौतहट–२ मा कांग्रेसको खाता, डाक्टर फिरदोष आलम विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 6:22 AM 85 views
रौतहट । मधेस प्रदेशका ३२ सिटमध्ये रौतहट क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसले खाता खोलेको छ। नेपाली कांग्रेसका डाक्टर फिरदोष आलमले २९ हजार ५२८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का किरण साहले १८ हजार ४४२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका […]

रौतहट ।

मधेस प्रदेशका ३२ सिटमध्ये रौतहट क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसले खाता खोलेको छ। नेपाली कांग्रेसका डाक्टर फिरदोष आलमले २९ हजार ५२८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का किरण साहले १८ हजार ४४२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगीरले ९ हजार ३२५ मत प्राप्त गर्नुभएको छ । २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने उनै किरण साहले नेपाली कांग्रेसका डाक्टर फिरदोष आलमलाई पराजित गरेका थिए । यसपटक भने आलमले फराकिलो मतान्तरसहित जीत हासिल गर्नुभएको हो ।

निर्वाचित डाक्टर आलम पूर्वमन्त्री मोहम्मद अफताब आलमका छोरा हुनुहुन्छ । उहाका भाइ डाक्टर राजिक आलम राजपुर नगरपालिकाका मेयर हुनु हुन्छ ।..

parties election 2082