ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बाबुको विरासत जोगाउँदै फिर्दोस आलम : ११ हजार बढी मतान्तरले निर्वाचित
2082 General Election

बाबुको विरासत जोगाउँदै फिर्दोस आलम : ११ हजार बढी मतान्तरले निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 6:22 AM 40 views
निर्वाचित डा. फिर्दोस आलम नेपाली कांग्रेसका प्रभावशाली नेता मोहम्मद अफताब आलमका जेठा छोरा हुन्। उनले बाबुको राजनीतिक विरासतलाई कायम राख्दै यसपटकको निर्वाचनमा सानदार जित दर्ता गरेका छन्।...

रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार डा. फिर्दोस आलम निर्वाचित भएका छन्। उनी आफ्ना निकटतम प्रतिस्पर्धी किरण कुमार साहलाई ११ हजार ८६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयको ताजा अपडेट अनुसार डा. आलमले २९ हजार ५२८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपाका किरण कुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका शे सगिरले ९ हजार ३२५ मत प्राप्त गरे।

निर्वाचित डा. फिर्दोस आलम नेपाली कांग्रेसका प्रभावशाली नेता मोहम्मद अफताब आलमका जेठा छोरा हुन्। उनले बाबुको राजनीतिक विरासतलाई कायम राख्दै यसपटकको निर्वाचनमा सानदार जित दर्ता गरेका छन्।

election election 2082