ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मोरङ–३ : बेलबारीको मत गन्दा कार्कीको अग्रता फराकिलो, शर्मा ११ हजार मतले पछि
2082 General Candidates

मोरङ–३ : बेलबारीको मत गन्दा कार्कीको अग्रता फराकिलो, शर्मा ११ हजार मतले पछि

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 2:14 AM 47 views
मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले फराकिलो अग्रता बनाएका छन्। बेलबारी नगरपालिकाको वडा नम्बर २ र १० को मतपरिणाम मिसिएपछि कार्कीले मतान्तर थप बढाएका हुन्।...

मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले फराकिलो अग्रता बनाएका छन्। बेलबारी नगरपालिकाको वडा नम्बर २ र १० को मतपरिणाम मिसिएपछि कार्कीले मतान्तर थप बढाएका हुन्।

पछिल्लो विवरणअनुसार घण्टी चुनाव चिह्नका कार्कीले ३२ हजार ३ सय २४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. सुनिल शर्माले २० हजार ६ सय ३८ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ११ हजार ६ सय ८६ पुगेको छ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार (माटो चिह्न) अमिर मगरले १३ हजार ३ सय ८२ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार इरन राई भने ६ हजार ३ सय ७२ मतमा सीमित देखिएका छन्। यो परिणाम २४ गते बिहान १:५० बजेसम्मको हो।

candidates election 2082