ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
ओखलढुंगामा विश्वराज पोखरेल २२१ मतले अगाडि
2082 General Results

ओखलढुंगामा विश्वराज पोखरेल २२१ मतले अगाडि

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 2:37 AM 53 views
ओखलढुंगामा जारी मतगणनामा लामो समयदेखि पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेलले अग्रता लिएका छन्।...

ओखलढुंगामा जारी मतगणनामा लामो समयदेखि पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेलले अग्रता लिएका छन्।

पोखरेलले ११ हजार ४ सय मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेल ११ हजार १ सय ७९ मतसहित पछि परेका छन्।

उनीहरूबीच २ सय २१ मतको अन्तर देखिएको छ।

नेकपा एमालेकी अस्मिता थापाले ८ हजार ९ सय ६९ मत प्राप्त गरेकी छन्। नेकपाका अम्बिरबाबु गुरुङले ८ हजार ७ सय २४ मतसहित उनलाई पछ्याइरहेका छन्।

त्यस्तै, श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले १ हजार ३ सय ५३ मत ल्याउँदा मंगोल नेसनल अर्गनाइजेसनका बजेन्द्र राई १ सय ६३ मतमा सीमित भएका छन्।

results election 2082