ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
दार्चुलामा एमालेका ठगुन्ना विजयी
2082 General Candidates Result

दार्चुलामा एमालेका ठगुन्ना विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 12:07 AM 66 views
ठगुन्नाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ५० वर्षीय उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरे। निर्वाचित ठगुन्ना र जोशीबीच ३ हजार ५५ को मतान्तर रहेको छ।...

सुदूरपश्चिम प्रदेशको दार्चुला निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार गणेश सिंह ठगुन्ना विजयी भएका छन्। निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार ५७ वर्षीय ठगुन्ना १८ हजार ८९१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

ठगुन्नाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ५० वर्षीय उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरे। निर्वाचित ठगुन्ना र जोशीबीच ३ हजार ५५ को मतान्तर रहेको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५२ वर्षीय उम्मेदवार राजेश सिंह सामन्त (साउद) ८ हजार ९३६ मतसहित तेस्रो स्थानमा रहेका छन्।

candidates election 2082