ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
हुम्लामा कांग्रेसका रोकाया विजयी
2082 General Candidates Result

हुम्लामा कांग्रेसका रोकाया विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 12:10 AM 83 views
प्रतिनिधिसभातर्फ एक मात्र निर्वाच क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित भएका छन्।...

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाच क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया ८ अजार ७९६ मत प्राप्त गरेर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका डा. दिपेन्द्र रोकायाले ७ हजार २४३ मत प्राप्त गरे।

यस्तै नेकपा (एमाले) का दल फडेराले ४ हजार ३३१, रास्वपाका टासी ल्हाजोमले एक हजार, प्रलोपाका जटिल कार्कीले २४८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गरे।

हुम्लाका ६४ मतदान केन्द्रमा २२ हजार ४६७ मत खसेको थियो।

candidates election 2082