ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
धादिङ–१ मा आसिका तामाङ फराकिलो अन्तरले विजयी
2082 General Candidates Result

धादिङ–१ मा आसिका तामाङ फराकिलो अन्तरले विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 12:27 AM 57 views
धादिङ क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आसिका तामाङ भारी मतान्तरसहित विजयी भएकी छन्। पुराना दलका प्रभावशाली ‘हेविवेट’ नेताहरूलाई पछि पार्दै तामाङले फराकिलो जित निकालेकी हुन्।...

धादिङ क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आसिका तामाङ भारी मतान्तरसहित विजयी भएकी छन्। पुराना दलका प्रभावशाली ‘हेविवेट’ नेताहरूलाई पछि पार्दै तामाङले फराकिलो जित निकालेकी हुन्।

अन्तिम मतपरिणामअनुसार तामाङले ३९ हजार १ सय २८ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३१ मत ल्याए। तामाङ र त्रिपाठीबीच २४ हजार ९७ मतको फराकिलो अन्तर कायम भएको छ।

राजेन्द्रप्रसाद पाण्डे तेस्रो स्थानमा सीमित भए। उनले १४ हजार ७ सय ९ मत मात्र प्राप्त गरे।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कृष्ण रिजालले १० हजार ८० मत ल्याएर चित्त बुझाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका गीताप्रसाद आचार्यले ९ सय ३४ मत पाइन्।

candidates election 2082