काठमाडौं । २०४८ सालमा बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्था स्थापित भएयता ६ पटक संसदको यात्रा गरिसकेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संसद यात्रामा यस पटक भने ‘ब्रेक’ लागेको छ । आफ्नै आधार ईलामामा ओलीको यो दोस्रो हार हो ।
०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विश्वदीप लिङ्देनसँग झापा निर्वाचन क्षेत्र नम्बर ७ मा पराजित भएका थिए ।
त्यसबाहेक २०४८ मा झापा ६, २०५१ मा झापा ६, २०५६ मा झापा २, २०७० मा झापा ७ बाट चुनाव लडेका ओली २०७४ २०७९ मा झापा ५ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका थिए ।
यसअघि २०७४ सालमा ओली झापा–५ बाट मुलुकभरमै सर्वाधिक ५९ हजारभन्दा बढी मत ल्याएर सांसद निर्वाचित भएका थिए । तीन वर्ष अघि २०७९ मा पनि ओलीले ५२ हजारभन्दा बढी मत ल्याएर जित हासिल गरेका थिए ।
यसपटक भने ठीक उल्टो भएको छ । इतिहासमै सर्वाधिक भारी मतान्तरले पराजित भएपछि झापा–५ मा ओलीको ‘आधार इलाका’ भत्किएको छ ।
प्रतिस्पर्धी रास्वपाका उम्मेदवार बालेनले देशभरमै सर्वाधिक मत ल्याएर ओलीलाई हराएका छन् ।
बालेन ६८ हजार ३४८ मत प्राप्त गर्दा उनीसँग चुनावी प्रतिस्पर्धामा रहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरे ।
झापा–५ मा पहिलो पटक चुनाव लडेका बालेनले यस क्षेत्रबाट २०४८ यता लगातार आठौं पटक चुनाव लडेका ओलीलाई सर्वाधिक ४९ हजार ७१४ मतान्तरले पराजित गर्न सफल भए ।
३६ वर्षीय बालेन्द्र शाह ९बालेन० पेशाले इन्जिनियर हुन् । ४ वर्ष अगाडिसम्म र्यापरका रूपमा नयाँ पुस्ताबीच मात्र चर्चित रहेका उनी काठमाडौं महानगरको मेयरमा विजयी भएसँगै चर्चाको चुचुरोमै पुगेका थिए ।
काठमाडौंको गैह्रीगाउँमा बस्दै आएका बालेनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैयाबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका बालेन पिएचडी होल्डर हुन् ।
मेयरमा विजयी भएसँगै बालेनले भर्चुअल संसारमा आफ्नो परिचय भूगोलतिर व्यापक बनाउन सफल भए ।
सार्वजनिक रुपमा जहिल्यै एउटै गेटअपमा देखिन बालेनको कालो चस्मा र दाह्री समेत सधै चर्चामा रह्यो ।
नहिँडेको बाटो हिँड्ने र जोखिम उठाउन रुचाउने बालेनलाई शाहसले नेपाली राजनीतिलाई एउटा नयाँ गोरेटोमा ल्याएर उभ्याइदिएको छ ।
The post को हुन ओलीको ‘आधार इलाका’ भत्काउने बालेन ? appeared first on RONB post.