ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राईकाे निरन्तर अग्रता
2082 General Results

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राईकाे निरन्तर अग्रता

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 5:36 PM 50 views
खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ८,७५५ मतकाे साथ अग्रता कायम गरेका छन्।...

खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले आठ हजार ७५५ मतकाे साथ अग्रता कायम गरेका छन्।

नेकपा (एमाले) काे देवविक्रम राईले सात हजार ५१४ मतकाे साथ ‘अँजुलीमा रहेकाे माटाे’ निर्वाचन चिन्हमा उठेका आरेन राईलाई पछ्याउँदै छन्।

त्यस्तै नेपाली कांग्रेसकाे बिरकाजी राईले सात हजार २२० र नेपाली कम्युनिष्ट पार्टीका हरि राेकाले पाँच हजार ५३८ मत पाएकाे जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन्।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदाता छन्। जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता छन्।

अहिलेसम्म खाेटाङमा केपिलासगढी, ऐसेलुखर्क, रावाबेसी, दिप्रुङ चुइचुम्मा, साकेला र खोटेहाङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ भने हलेसी तुवाचुङ नगरपालिकाकाे मतगणना भइरहेकाे छ।

results election 2082