ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार जीत नजिक
2082 General Results Result

सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार जीत नजिक

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 4:00 PM 47 views
<p>सर्लाहीमा ४ वटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार जीत नजिक पुगेको छ । सर्लाहीको चारवटै निर्वाचन क्षेत्रहरु मध्ये क्षेत्र नं. १, २ र ३ मा आज नै नतिजा सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिएका छन् । सर्लाही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार नितिमा भण्डारी कार्कीले ४४ हजार १ सय ८१ [&#8230;]</p> <p>The post सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार जीत नजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-Rajdha...

सर्लाहीमा ४ वटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार जीत नजिक पुगेको छ । सर्लाहीको चारवटै निर्वाचन क्षेत्रहरु मध्ये क्षेत्र नं. १, २ र ३ मा आज नै नतिजा सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिएका छन् ।

सर्लाही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार नितिमा भण्डारी कार्कीले ४४ हजार १ सय ८१ मत प्राप्त गरी अग्रता कायम गरेर जित नजिक पुगेकी छन् । उनको निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८ सय ७१ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्र नं. १ मै तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार मनोजकुमार देवकोटाले ६ हजार १ सय १, नेपाली कम्युनिस्ट पार्टीका प्रमोद साहले ५ हजार ४ सय ९८, जसपाका रामप्रकाश चौधरीले ३ हजार ९ सय ९१ मत प्राप्त गरेका छन् ।

यसैगरी सर्लाही क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रविन महतोले ३८ हजार ३ सय २५ मत प्राप्त गरी जित सुनिश्चित गरेका छन् । उनको निकटम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्र राय यादवले ८ हजार ७१ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डा. सरोज यादवले ६ हजार ६ सय ५६, राष्ट्रिय मुक्ति पार्टी नेपाल राजेन्द्र महतोले ५ हजार ५ सय ३८ मत मात्र प्राप्त गरेका छन् ।

यसैगरी सर्लाही क्षेत्र नं. ३ मा पनि रास्वपाकै उम्मेदवारको जीत सुनिश्ति भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र साह कलवारले २७ हजार ३ सय ५८ मत प्राप्त गरेका छन् । उनको निकटम प्रतिस्पर्धी उम्मेदवार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले ९ हजार ६ सय १४ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेका उम्मदेवार विनोदकुमार खनाल ३ हजार ८ सय ९७ मत, र नेकपा एमालेका उम्मेदवार हरिप्रसाद उप्रेतीले ३ हजार ६ सय ८४ मत प्राप्त गरेका छन् ।

यसैगरी राष्ट्रिय राजनीतिको केन्द्र बनेको सर्लाही क्षेत्र नं. ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार जित्न सक्ने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहले १६ हजार २ सय २७ मत प्राप्त गरेका छन् भने उनको निकटम प्रतिस्पर्धी नेपाली कांग्रेस सभापति गगनकुमार थापाले ९ हजार ६ सय ७४ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ८ हजार १ सय रहेको छ ।

The post सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार जीत नजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082