काठमाडौँ । नुवाकोट निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अचुतम लामिछाने विजयी भएका छन् । लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार जगदीश्वरनरसिंह केसी १५ हजार ५ सय ३ मत पाए ।
नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २ सय ८५ र नेकपाका हिरानाथ खतिवडाले ६ हजार ७२० मत पाएका छन् । उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घलेले २ हजार ७५० मत पाए । ३६२ मत बदर भएका छन्।
The post नुवाकोट-२ मा रास्वपाका अचुतम लामिछाने निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....