काठमाडौँ । जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवार खडकबहादुर बुढा विजयी भएका छन्। लामो समयदेखि नेकपाका शक्ति बहादुर बस्नेतले जित्दै आएको कम्युनिष्टको किल्लालाई भत्काउँदै बुढा विजयी बनेका हुन्।
बुढाले २० हजार १३८ मत पाउँदा उनका प्रतिस्पर्धी बस्नेतले १७ हजार ४०० मत पाए। यस्तै, एमालेका डम्बर बहादुर सिंहले १६ हजार ८८२ मत पाएका थिए।
The post जाजरकोटमा काँग्रेसका बुढा विजयी, शक्ति बस्नेत पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....