ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
लमजुङमा रास्वपाका केसी विजयी
2082 General Parties Result

लमजुङमा रास्वपाका केसी विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 3:56 PM 93 views
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी विजयी भएका छन्।...

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसी विजयी भएका छन्। मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार केसीले ३३ हजार ८९८ मत पाएका छन्।

नेकपा (एमाले) का पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६, नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ र नेपाली कम्युनिष्ट पार्टीका हरिजङ्ग तामाङले तीन हजार ३७१ मत पाएका छन्।

कुल एक लाख ३७ हजार १२४ मतदाता रहेको जिल्लामा ७५ हजार ४६० मत खसेको छ।

parties election 2082