ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
काँग्रेस,एमालेको गढ पर्सामा रास्वपाको धावा 
2082 General Candidates Result

काँग्रेस,एमालेको गढ पर्सामा रास्वपाको धावा 

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 3:25 PM 50 views
वीरगन्ज ।  अघिल्ला चुनावमा दल फेर्दे चुनाव जित्दै गरेका र मन्त्री समेत भइसकेकाहरुलाई निकै ठूलो मत अन्तरले पराजित गर्दै पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले विजयी हासिल गरेका छन् । पर्साको कुल चारवटा निर्वाचन क्षेत्र रहेकोमा दुईवटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ भने बाँकी दुईवटा निर्वाचन क्षेत्रको मत गणना हुँदा रास्वपाका उम्मेदवारहरु नै […]

वीरगन्ज । 

अघिल्ला चुनावमा दल फेर्दे चुनाव जित्दै गरेका र मन्त्री समेत भइसकेकाहरुलाई निकै ठूलो मत अन्तरले पराजित गर्दै पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले विजयी हासिल गरेका छन् । पर्साको कुल चारवटा निर्वाचन क्षेत्र रहेकोमा दुईवटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ भने बाँकी दुईवटा निर्वाचन क्षेत्रको मत गणना हुँदा रास्वपाका उम्मेदवारहरु नै अगाडि छन् । 

पर्सामा क्षेत्र नम्बर १ मा दल फेर्दै चुनाव लड्दै गरेका र मन्त्री समेत भइसकेका प्रदीप यादवलाई पराजित गर्दै बुद्धि(हरि)पन्तले विजयी हासिल गर्नु गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि पन्त) ले विजयी भएका छन् । 

शनिवार बिहान सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त रगरेका हुन् भने उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व मन्त्री प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतको फराकिलो अन्तरले पारजित गरे । यादवले १३ हजार ३० मत मात्र प्राप्त गरे । उनले जसपा नेपालबाट चुनावको मुखैमा एमालेमा प्रवेश गरेका थिए ।

 पर्सा – १ मा यसअघि लगातार दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रदीप यादवले २०७४ को निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी गरेका थिए  । नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा व्यवसायी अनिल कुमार रुङ्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे। यो उनको संसदीय निर्वाचनमा दोस्रो प्रयास थियो । यसअघि २०७४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनी  प्रदीप यादवसँगै पराजित भएका थिए । रुङ्टापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नन्द किशोर प्रसाद श्रीवास्तवले १ हजार २ सय ७२ मत ल्याउनु भयो भने जनता समाजवादी पार्टी (जसपा) नेपालका रामनरेश प्रसाद यादवले १ हजार २ सय १ मत प्राप्त गरे । 

यस्तै पर्साको निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशील कुमार कानु विजयी भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवलाई १८ हजार ९७१मतान्तरले पराजित गर्दै ३६ वर्षीय कानु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । 

 कानु ३० हजार ७२२ मतका साथ निर्वाचित हुँदा एमालेकी यादवले ११ हजार ७५१ मत पाए । नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व कानुन मन्त्री अजय कुमार चौरसिया भने ११ हजार ४९६ मतका साथ तेस्रो स्थानमा सीमित भए । प्रतिनिधि सभा सदस्यमा निर्वाचित कानु २०७९ को स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १० को वडाध्यक्षमा निर्वाचित भएका थिए ।  स्थानीय तहको निर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित कानु गत माघ ५ गते रास्वपामा प्रवेश गरेका हुन् । कांग्रेसका चौरसिया भने यसअघि पर्सा क्षेत्र नम्बर २ र ३ बाट गरी तीन पटक सांसदमा निर्वाचित भएका थिए । पर्साको बाँकी दुई निर्वाचन क्षेत्रको मत गणना चल्दै छ र दुबैमा रास्वपाका उम्मेदवारकै अग्रता रहेको छ । पर्साको अन्तिम मत परिणाम भने आइतबार बिहानसम्ममा आउने अनुमान गरिएको छ । 

candidates election 2082