विरगन्ज । प्रतिनिधिसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिप्रसाद (हरि) पन्त र क्षेत्र नं. २ बाट सुशीलकुमार साह निर्वाचित भएका छन् । ह्याट्रिकको दाउमा रहेका पूर्वमन्त्री प्रदिपकुमार यादवलाई डबल मत अन्तरलेपछि पार्दै पर्साको क्षेत्र नं १ मा रास्वपाका पन्त विजयी भएका हुन् । पूर्वमन्त्री प्रदिप यादवलाई १४ हजार २ सय ४४ मत अन्तरले पछि पार्दै पन्तले बाजी मरेका हुन् । विजयी पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् ।
यसैगरी क्षेत्र नं २ मा रास्वपाका साह विजयी भएका छन् । पूर्वमन्त्री अजयकुमार चौरसियालाई १८ हजार ८ सय ५० मत अन्तरले पछि पार्दै साह विजयी भएका हुन् । विजयी साहले कुल ३० हजार ७ सय ४० मत प्राप्त गरेका छन् । उनका निकतम प्रतिदन्दी रुख छापका कांग्रेस उमेद्वार चौरसियाले कुल ११ हजार ८ सय ९० मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत मदुसुदन आचार्यले बताए ।
The post पर्सा क्षेत्र नम्बर १ मा पन्त र २ मा साह विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....