ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
काभ्रेपलाञ्चोक–१ मा दिननाथ गौतमको अग्रता
2082 General Results

काभ्रेपलाञ्चोक–१ मा दिननाथ गौतमको अग्रता

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 12:30 PM 60 views
काभ्रे । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा दिननाथ गौतम अग्रस्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गौतमले हालसम्म ११ हजार ८१० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गुणराज मुक्तानले १० हजार ६६५ मत प्राप्त गरेका छन् । उनी नेपाली कांगे्रसका उम्मेदवार हुन् । यसैगरी नेकपा एमालेका उम्मेदवार अभि […]

काभ्रे ।

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा दिननाथ गौतम अग्रस्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गौतमले हालसम्म ११ हजार ८१० मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गुणराज मुक्तानले १० हजार ६६५ मत प्राप्त गरेका छन् । उनी नेपाली कांगे्रसका उम्मेदवार हुन् । यसैगरी नेकपा एमालेका उम्मेदवार अभि तामाङले ७ हजार ७७५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मधुकुमार चौलागाईले ७ हजार ६०६ मत प्राप्त गरेका छन् ।

हालसम्मको मत परिणामअनुसार पहिलो र दोस्रो स्थानका उम्मेदवारबीच एक हजारभन्दा बढी मतान्तर रहेको छ । निर्वाचन अधिकृतका अनुसार मतगणना प्रक्रिया अझै जारी रहेकाले अन्तिम परिणाम आउन केही समय लाग्नेछ ।

काभ्रेपलाञ्चोक–१ मा प्रमुख राजनीतिक दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । मतगणनाको पछिल्लो अवस्थासँगै स्थानीय राजनीतिक वृत्तमा चासो बढेको छ ।

results election 2082