ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
दैलेख-२ मा एमालेको अग्रता कायमै
2082 General Candidates

दैलेख-२ मा एमालेको अग्रता कायमै

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 1:05 PM 50 views
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दैलेख–२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्।...

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख–२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार पोखरेलले १० हजार २३४ मत पाएका छन्।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाहीले सात हजार एक मतका साथ पछ्याउँदै छन्। नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाहीले तीन हजार १४२ मत पाएका छन्।

निर्वाचन अधिकृत लोकहरि कँडेलका अनुसार निर्वाचन–२ अन्तर्गत अब केही वडाको मतगणना हुन बाँकी छ। “अहिले गणना भइरहेको छ, बाँकी वडाको गणना सकिन केही समय लाग्ने देखिएको छ”, अधिकृत कँडेलले भने।

कूल ८१ हजार ५०३ मतदाता रहेको यस क्षेत्रमा ६५ प्रतिशत मत खसेको थियो। यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।

candidates election 2082