ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
भक्तपुर क्षेत्र नम्बर १ बाट रास्वपाका रुकेश रन्जित विजयी
2082 General Commission Result

भक्तपुर क्षेत्र नम्बर १ बाट रास्वपाका रुकेश रन्जित विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 9:09 AM 66 views
<p>काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ बाट रास्वपाका रुकेश रन्जित विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाललाई भारी मतान्तले पराजित गर्दै रन्जित विजयी भएका हुन्। रन्जित ३३ हजार ४३६ मतसहित विजयी हुँदा सुवालले २८ हजार १७८ मात्रै पाएका छन्। सो क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले ४ [&#8230;]</p> <p>The post भक्तपुर क्षेत्र नम्बर १ बाट रास्वपाका रुकेश रन्जित विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैन...

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ बाट रास्वपाका रुकेश रन्जित विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाललाई भारी मतान्तले पराजित गर्दै रन्जित विजयी भएका हुन्।

रन्जित ३३ हजार ४३६ मतसहित विजयी हुँदा सुवालले २८ हजार १७८ मात्रै पाएका छन्। सो क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२, एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१, राप्रपाका भरत खड्काले २ हजार ४७२ र नेकपाका हरिराज लवजुले ११ सय ७७ मत पाएका छन्।

यसअघि सो क्षेत्र नेपाल मजदुर किसान पार्टीको गढका रुपमा चिनिएको थियो। अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट नेमकिपाबाट सुवाल विजयी भएका थिए।

The post भक्तपुर क्षेत्र नम्बर १ बाट रास्वपाका रुकेश रन्जित विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

commission election 2082