ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
दैलेख–२ मा एमालेका पोखरेल अगाडि
2082 General Candidates Update

दैलेख–२ मा एमालेका पोखरेल अगाडि

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 9:25 AM 53 views
<p>दैलेख । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार पोखरेलले आठ हजार ७७३ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाहीले पाँच हजार ७७० मतका साथ पछ्याइरहेका छन् । दुई उम्मेदवारबीचको मतान्तर [&#8230;]</p> <p>The post दैलेख–२ मा एमालेका पोखरेल अगाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनि...

दैलेख । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार पोखरेलले आठ हजार ७७३ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाहीले पाँच हजार ७७० मतका साथ पछ्याइरहेका छन् । दुई उम्मेदवारबीचको मतान्तर दुई हजार ५३० रहेको छ । यस्तै, नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाही दुई हजार ५७७ मतसहित तेस्रो स्थानमा छन् ।

निर्वाचन अधिकृत लोकहरि कँडेलका अनुसार निर्वाचन क्षेत्र नं २ अन्तर्गत अब दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका गरी कूल १५ वटा वडाको मतगणना हुन बाँकी रहेको छ । “अहिले गणना जारी छ, बाँकी रहेका वडाहरूको गणना सकिन केही समय लाग्ने देखिएको छ”, अधिकृत कँडेलले भने ।

कूल ८१ हजार ५०३ मतदाता रहेको यस क्षेत्रमा ६५ प्रतिशत मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

The post दैलेख–२ मा एमालेका पोखरेल अगाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082