ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
खोटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै
2082 General Results

खोटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 6:42 AM 40 views
खोटाङको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ३,७६६ मतकाे साथ अग्रता कायम गरेकाे छ।...

खोटाङको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ३,७६६ मतकाे साथ अग्रता कायम गरेकाे छ।

जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईकाे अनुसार नेकपा (एमाले) काे देवविक्रम राईले २,७२९, नेपाली कांग्रेसकाे विरकाजी राईले ३, ३५१ र नेपाली कम्युनिष्ट पार्टीका हरि राेकाले १,५२५ मत प्राप्त गरेका छन्।

त्यस्तैगरी घन्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे रूद्र गिरीकाे १,२८५, बाँसुरी राष्ट्रिय परिवर्तन पार्टी र उज्यालो नेपाल पार्टीको साझा उम्मेद्वार मिरेश राईकाे २७६ र जाँताे राकेश राईकाे ६९ मत रहेकाे छ।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदाता रहेका छन्। जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता रहेका छन्।

results election 2082