ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates Result

संसद्‍मा दोहोरिने प्रदीपको सपनामा धक्का, सस्मितसँग ठूलो मतान्तरले पराजित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 5:08 AM 54 views
<p>काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेल विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनले ३० हजार सात सय ३७ मत प्राप्त गरी विजयी भएका हुन् । नवनिर्वाचित सांसद पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार एक सय ५९ मत प्राप्त गरे । निर्वाचन अधिकृतको कार्यालयका अनुसार [&#8230;]</p> <p>The post संसद्‍मा दोहोरिने प्रदीपको सपनामा धक्का, सस्मितसँग ठूलो मतान्तरले पराजित appeared first on RONB post.</p>

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेल विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनले ३० हजार सात सय ३७ मत प्राप्त गरी विजयी भएका हुन् ।

नवनिर्वाचित सांसद पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार एक सय ५९ मत प्राप्त गरे ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा नेकपा(एमाले)का ईश्वर पोखरेलले चार हजार सात सय एक मत प्राप्त गरेका छन् ।

यो पौडेलले अघिल्लोपटक जितेको क्षेत्र हो । तर यसपटक रास्वपाको लहर चल्दा पराजित हुन पुगे । तनहुँ जिल्लाबाट विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा सुरु गरेका पौडेलले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट विजय हासिल गर्दै राष्ट्रिय राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका थिए ।

स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका पौडेलले आफ्नो १४ महिने कार्यकालमा बीमा प्रणाली व्यवस्थित गर्ने र सरकारी अस्पतालहरूको क्षमता विस्तार गर्ने लगायत विषयलाई प्राथमिकतामा राखेर काम गरेका थिए ।

उनलाई पार्टीभित्र पनि सम्भावना भएका युवा नेताका रूपमा हेरिँदै आएको थियो ।

The post संसद्‍मा दोहोरिने प्रदीपको सपनामा धक्का, सस्मितसँग ठूलो मतान्तरले पराजित appeared first on RONB post.

candidates election 2082