ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
दाङका सबै क्षेत्रमा रास्वपाको भारी अग्रता
2082 General Results

दाङका सबै क्षेत्रमा रास्वपाको भारी अग्रता

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 12:14 AM 50 views
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को पछिल्लो मतगणना परिणाम अनुसार दाङ जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले आफ्नो अग्रतालाई निकै फराकिलो बनाउँदै लगेका छन्।...

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को पछिल्लो मतगणना परिणाम अनुसार दाङ जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले आफ्नो अग्रतालाई निकै फराकिलो बनाउँदै लगेका छन्। जिल्लाका स्थापित र प्रभावशाली नेताहरू रास्वपाका उम्मेदवारभन्दा निकै पछाडि देखिएका छन्।

क्षेत्रगत विवरण:
दाङ क्षेत्र नं. १: रास्वपाका उम्मेदवार देवराज पाठक १५ हजार ४ सय ४६ मतसहित शीर्ष स्थानमा छन्। उनले नेपाली कांग्रेसका योगेन्द्र चौधरीलाई १० हजारभन्दा बढी मतको अन्तरले पछि पारेका छन्। चौधरीले ४ हजार ९ सय ९४ मत प्राप्त गर्दा नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरे १ हजार ९ सय मतमा खुम्चिएका छन्।

दाङ क्षेत्र नं. २: यस क्षेत्रमा रास्वपाका विपिन कुमार आचार्य १० हजार १ सय ७ मतका साथ अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले ४ हजार ७ सय ५५ मतका साथ पछ्याइरहेका छन्। त्यस्तै नेपाली कांग्रेसका किरण किशोर घिमिरे ३ हजार ३ सय ७० मतका साथ तेस्रो स्थानमा छन्।

दाङ क्षेत्र नं. ३: रास्वपाका कमल सुवेदी १३ हजार २ सय ७७ मतसहित अगाडि छन्। उनले नेपाली कांग्रेसका प्रभावशाली नेता दीपक गिरीलाई पछि पारेका हुन्। गिरीले ४ हजार ४ सय ५७ मत प्राप्त गर्दा नेकपा एमालेका घनश्याम पाण्डे ३ हजार ४ सय ७० मतका साथ तेस्रो स्थानमा छन्।

results election 2082