ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मध्यरातदेखि ‘मौन अवधि’ सुरु, चुनावी प्रचारप्रसारमा पूर्ण प्रतिबन्ध
2082 General Commission Update

मध्यरातदेखि ‘मौन अवधि’ सुरु, चुनावी प्रचारप्रसारमा पूर्ण प्रतिबन्ध

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 1:38 PM 81 views
<p>काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न आज मध्यरातदेखि ‘मौन अवधि’ सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार आज (सोमबार) राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि निर्वाचनको औपचारिक प्रचारप्रसारमा पूर्ण रोक लगाइएको हो । आयोगको कार्यतालिका अनुसार, मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि सुरु हुने यो अवधि मतदान केन्द्रहरू पूर्ण रूपमा बन्द [&#8230;]</p> <p>The post मध्यरातदेखि ‘मौन अवधि’ सुरु, चुनावी प्रचारप्रसारमा पूर्ण प्रतिबन्ध appeared first on राजधानी राष...

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न आज मध्यरातदेखि ‘मौन अवधि’ सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार आज (सोमबार) राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि निर्वाचनको औपचारिक प्रचारप्रसारमा पूर्ण रोक लगाइएको हो ।

आयोगको कार्यतालिका अनुसार, मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि सुरु हुने यो अवधि मतदान केन्द्रहरू पूर्ण रूपमा बन्द नभएसम्म कायम रहनेछ । यस अवधिमा राजनीतिक दल, उम्मेदवार तथा उनीहरूका प्रतिनिधिहरूले कुनै पनि माध्यमबाट मतदाता प्रभावित पार्ने गतिविधि गर्न पाउने छैनन् ।

के गर्न पाइँदैन ?
मौन अवधिमा चुनावी सभा, जुलुस, सम्मेलन, गोष्ठी वा कार्यशाला जस्ता कुनै पनि औपचारिक कार्यक्रम गर्न निषेध गरिएको छ । आयोगले भौतिक उपस्थितिमा गरिने छलफल मात्र नभई सामाजिक सञ्जाल वा अन्य विद्युतीय माध्यमबाट समेत मत माग्न वा निर्वाचन प्रचार गर्न रोक लगाएको छ ।

यसैगरी, मतदान केन्द्रको तीन सय मिटर ’round राखिएका दल वा उम्मेदवारका ब्यानर, झण्डा र पोस्टर जस्ता प्रचार सामग्रीहरू आजै हटाउनुपर्ने प्रावधान छ । निर्वाचनको मर्यादा कायम राख्न र मतदातालाई स्वविवेकले निर्णय गर्ने वातावरण मिलाउन यो समयलाई अत्यन्तै संवेदनशील मानिन्छ ।

आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी नै खारेज हुन सक्ने
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिको कडा पालना गर्न सरोकारवालाहरूलाई सचेत गराएका छन् । उनका अनुसार, यदि कसैले मौन अवधिको आचारसंहिता विपरीत गतिविधि सञ्चालन गरेको पाइएमा वा निर्वाचनको वातावरण बिथोल्ने प्रयास गरेमा सम्बन्धित उम्मेदवारको मनोनयन नै रद्द गर्न सकिने कानुनी प्रावधान रहेको छ ।

आयोगले मौन अवधिमा हुने सक्ने अवाञ्छित गतिविधि र मतदातालाई प्रलोभनमा पार्ने कार्यको निगरानीका लागि विशेष अनुगमन टोली समेत परिचालन गरेको छ । सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आजैदेखि आफ्ना चुनावी गतिविधिहरू स्थगित गरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोगले पुनः आह्वान गरेको छ ।

The post मध्यरातदेखि ‘मौन अवधि’ सुरु, चुनावी प्रचारप्रसारमा पूर्ण प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

commission election 2082