ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रौतहटका तीन क्षेत्रमा रास्वपाको अग्रता
2082 General Results

रौतहटका तीन क्षेत्रमा रास्वपाको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 6:16 PM 44 views
रौतहट प्रतिनिधि सभा निर्वाचन सम्पन्न भए पश्चात सुरु भएको मतगणनाको पछिल्ला परिणाम अनुसार रास्वपाले तीन वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ भने नेपाली काँग्रेसले एक सिटमा अग्रता लिएका छन् ।...

रौतहट प्रतिनिधि सभा निर्वाचन सम्पन्न भए पश्चात सुरु भएको मतगणनाको पछिल्ला परिणाम अनुसार रास्वपाले तीन वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ भने नेपाली काँग्रेसले एक सिटमा अग्रता लिएका छन् ।

यो समाचार तयार पारुन्जेल क्षेत्र नं.१ मतगणनाको पछिल्ला परिणामबाट रास्वपा उम्मेदवार राजेश चौधरीको पक्षमा ४६५२, क्षेत्र नम्वर ३ धिरज पटेलको पक्षमा २७५ र क्षेत्र नम्वर ४ मा गणेश पौडेलको पक्षमा ६९४५ मत प्राप्त गरेर जिल्लाको चार वटा निर्वाचन क्षेत्र मध्ये तीनमा रास्वपाले अग्रता लिएका हुन् ।

त्यस्तै निर्वाचन क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.फिरदोस आलमको पक्षमा ७२८ मत प्राप्त गरेर काँग्रेसको शाख बचाउने अभियानमा अग्रता कायम राख्न सफल भएको प्रारम्भी रुझानमा देखिन्छ ।

रौतहटमा हाई प्रोफाइल भएका उम्मेदवार नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपाल क्षेत्र नम्वर १ बाट चुनावी मैदानमा हुनुहुन्छ उनको अहिलेको अवस्था पाँचौं नम्वरमा छन् ।

नेपाल यहाँबाट पटक पटक निर्वाचित भएपनि रौतहटको लागि खासै केही नगरेको जनगुनासो गर्दै यसपाली उनलाई रौतहट १ का जनताले पुरानो दललाई नकार्दै नयाँ पार्टी प्रति विश्वास देखाएको छ ।

results election 2082