ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
झापा –५ मा बालेन शाहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै
2082 General Candidates Update

झापा –५ मा बालेन शाहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 6:56 PM 57 views
<p>विराटनगर । झापा निर्वाचन क्षेत्र नम्बर –५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै लागेका छन् । आज साँझ ६ः ३० बजेसम्मको पछिल्लो मत गणना अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पछाडि पारेका हुन् । रास्वपाका बालेन शाहले १३ हजार ६५४ मत प्राप्त गरेका छन् । [&#8230;]</p> <p>The post झापा –५ मा बालेन शाहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)...

विराटनगर । झापा निर्वाचन क्षेत्र नम्बर –५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै लागेका छन् ।

आज साँझ ६ः ३० बजेसम्मको पछिल्लो मत गणना अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पछाडि पारेका हुन् । रास्वपाका बालेन शाहले १३ हजार ६५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३,०११ मत मात्रै पाएका छन् ।

शाह र ओलीबीचको मतान्तर अहिले १० हजार ६४३ पुगेको छ । नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ४०३ मत प्राप्त गरेकी छन् । नेपाल कम्युनिष्ट पार्टीका रञ्जित तामाङ ले ३७० मत प्राप्त गरेका छन् ।

The post झापा –५ मा बालेन शाहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082