ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनको अग्रता
2082 General Candidates Update

म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 7:08 PM 79 views
<p>म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् । ध्वलागिरि र मालिका गाउँपालिकाको ११ हजार २०१ मत गणना गर्दा पुनले पाँच हजार ५०८ मतसहित अग्रता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले २७१, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले एक हजार [&#8230;]</p> <p>The post म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनको अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय ...

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् ।

ध्वलागिरि र मालिका गाउँपालिकाको ११ हजार २०१ मत गणना गर्दा पुनले पाँच हजार ५०८ मतसहित अग्रता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले २७१, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले एक हजार ६५६, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी) ले एक हजार ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ३२० मत प्राप्त गरेका छन् ।

मङ्गला गाउँपालिकाको मत गणना सुरु भएको छ । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो ।

The post म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनको अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082