ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
बहिष्कार गरेकाको खर्च १७ हजार
2082 General Candidates

बहिष्कार गरेकाको खर्च १७ हजार

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 4:21 PM 44 views
हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवारी दिए पनि पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ६ गतेको सम्बोधनको समर्थन गर्दै उम्मेदवारी फिर्तासहित बहिष्कार गर्नुभएका राकेशकुमार शर्माले फागुन ७ गतेसम्म निर्वाचनका लागि आफ्नो १७ हजार रुपियाँ खर्च भएको सार्वजनिक गर्नुभएको छ । उहाँले फागुन ८ गते निर्वाचन बहिष्कार गरिए पनि फागुन ७ गतेसम्म निर्वाचनमा एकमुष्ट […]

हेटौंडा ।

प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवारी दिए पनि पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ६ गतेको सम्बोधनको समर्थन गर्दै उम्मेदवारी फिर्तासहित बहिष्कार गर्नुभएका राकेशकुमार शर्माले फागुन ७ गतेसम्म निर्वाचनका लागि आफ्नो १७ हजार रुपियाँ खर्च भएको सार्वजनिक गर्नुभएको छ ।

उहाँले फागुन ८ गते निर्वाचन बहिष्कार गरिए पनि फागुन ७ गतेसम्म निर्वाचनमा एकमुष्ट १७ हजार खर्च भएको व्यहोरा सार्वजनिक गर्नुभएको हो । उहाँ हाल हेटौंडा उपमहानगरपालिका वडा–२ मा बसोबास गर्दै आउनुभएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते राष्ट्रलाई सम्बोधन गर्दै वर्तमान राष्ट्रिय संकट, राजनीतिक अस्थिरता तथा जनअसन्तुष्टिको अवस्थाबारे स्पष्ट संकेत गरेको र उक्त सम्बोधनले देश गम्भीर मोडमा पुगेको तथ्य उजागर गरेको भन्दै शर्माले निर्वाचन नै बहिष्कार गर्नुभएको थियो ।

उहाँले जनभावना, राष्ट्रियहित र दीर्घकालीन स्थिरतालाई बेवास्ता गर्दै गरिने निर्वाचन प्रक्रियाले निर्वाचनपछि मुलुकमा झन् द्वन्द्व, विभाजन र अन्यौलता बढाउने जोखिम देखिने दाबी गर्नुभएको थियो । अतः सर्वपक्षीय सहमति, संवैधानिक स्पष्टता र राष्ट्रिय एकता सुनिश्चित नभएसम्म हुने निर्वाचन प्रक्रियामा आफ्नो कुनै प्रकारको सहभागिता नरहने उहाँले स्पष्टरुपमा घोषणा गर्नुभएको थियो ।

‘यस निर्णयमार्फत म उक्त निर्वाचन औपचारिकरुपमा बहिष्कार गरी मकवानपुर क्षेत्र नम्बर–१ बाट उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदछु,’ शर्माले उक्त कदम शान्तिपूर्ण राजनीतिक असहमति र वैधानिक अभिव्यक्तिको अधिकारअन्तर्गत लिइएको बताउनुभयो ।

पूर्वराजा शाहले सन्देशका भन्नुभएको थियो–हालको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन । पहिला सबै पक्षबीच सहमति गरेरमात्र चुनावमा जानु उपयुक्त हुन्छ । आवधिक निर्वाचन एक स्वभाविक प्रक्रिया भए पनि मुलुकमा पहिले राष्ट्रिय समस्या समाधान गरेरमात्र निर्वाचनमा जानु उचित हुने र निर्वाचनप्रति कुनै द्वन्द्व र अशान्ति नहोस् भनेर राष्ट्रिय सहमति र समझदारी गरेर निर्वाचनमा जाँदा नै सही बाटो हुने थियो । उक्त क्षेत्रमा २१ उम्मेदवार थिए ।

candidates election 2082