ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
आफूले जिते एमसीसी खारेज र एसपीपी लागु नगर्ने हर्कको दाबी
2082 General Parties

आफूले जिते एमसीसी खारेज र एसपीपी लागु नगर्ने हर्कको दाबी

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 10:18 AM 37 views
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूले निर्वाचन जिते एमसीसी र एसपीपी आयोजना खारेज गर्ने बताएका छन्।...

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूले निर्वाचन जिते एमसीसी र एसपीपी आयोजना खारेज गर्ने बताएका छन्।

उनले एमसीसीबाट नेपालले पैसा लिएको भए पनि फिर्ता गर्ने बताएका छन्। उनले यसरी देशलाई युद्धभूमि बन्नबाट जोगाउने जिकिर गरेका छन्।

'एमसीसी खारेज गर्नेछौँ! पैसा लिएका रैछन् भने फिर्ता गर्नेछौँ! एसपीपी लागु गर्ने छैनौँ! देश युद्धभूमि बन्नबाट जोगाउनेछौँ! मलाई विश्वास गर्नु! जय श्रम संस्कृति!!' उनले सामाजिक सञ्जालमा लेखेका छन्।

parties election 2082