ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
मत किन्न खोजे ५० हजार जरिवाना वा एक वर्षसम्म कैद
2082 General Commission

मत किन्न खोजे ५० हजार जरिवाना वा एक वर्षसम्म कैद

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 10:53 AM 50 views
निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले मतदातालाई प्रभाव पार्ने उद्देश्यले नगद वा जिन्सी लेनदेन नगर्न कडा निर्देशन दिएको छ।...

निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले मतदातालाई प्रभाव पार्ने उद्देश्यले नगद वा जिन्सी लेनदेन नगर्न कडा निर्देशन दिएको छ।

आयोगका अनुसार निर्वाचन अवधिभित्र उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले मतदातालाई मतदान गर्न वा नगर्न प्रलोभन स्वरूप उपहार, पुरस्कार, नगद वा जिन्सी दिन वा सार्वजनिक भोज आयोजना गर्न नपाइने आयोगले जनाएको छ। आयोगले मतदातालाई पनि यस्ता प्रलोभन अस्वीकार गर्न आग्रह गर्दै आएको छ।

राजनीतिक दल वा उमेदवारले आचारसंहिता उल्लंघन गरेमा दोषीलाई रु ५० हजारसम्म जरिवाना, ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने आयोगले चेतावनी दिएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई कानुनको पूर्ण पालना गर्न समेत आयोगले अनुरोध गरेको छ।

commission election 2082