ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
काठमाडौं–१ एमालेसहित २६ जनाको जमानत जफत
2082 General Candidates Result

काठमाडौं–१ एमालेसहित २६ जनाको जमानत जफत

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:20 PM 50 views
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–१ को अन्तिम मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेसहित अधिकांश उम्मेदवारको धरौटी जफत भएको छ। यस क्षेत्रमा कुल २९ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । तर विजयी उम्मेदवारसहित जम्मा तीन जनाले मात्रै आफ्नो धरौटी जोगाउन सफल भएका छन् भने बाँकी २६ उम्मेदवारको धरौटी जफत भएको छ । […]

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–१ को अन्तिम मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेसहित अधिकांश उम्मेदवारको धरौटी जफत भएको छ। यस क्षेत्रमा कुल २९ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । तर विजयी उम्मेदवारसहित जम्मा तीन जनाले मात्रै आफ्नो धरौटी जोगाउन सफल भएका छन् भने बाँकी २६ उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचन ऐनको दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । काठमाडौं–१ मा कुल २९ हजार ८२ सदर मत खसेकाले कम्तीमा २ हजार ९०८ मत ल्याउने उम्मेदवारले मात्रै धरौटी जोगाउन सक्ने स्थिति थियो । यस मापदण्ड पार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भइन् । नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा ६ हजार ३६४ मतसहित दोस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्र ३ हजार ९७२ मतसहित तेस्रो स्थानमा रहे । यी तीन उम्मेदवारले मात्र आवश्यक मत सीमा पार गर्दै आफ्नो धरौटी जोगाउन सफल भएका हुन् । यसै क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार मोहनराज रेग्मीले १ हजार ६१८ मत मात्र प्राप्त गरेपछि उनको धरौटी जफत भएको छ । त्यस्तै उज्यालो नेपाल पार्टीका मङ्गलाल श्रेष्ठ (४६६), श्रम संस्कृति पार्टीका समीर लामा तामाङ (४२६) र नेपाल कम्युनिष्ट पार्टीकी मेनुका भण्डारी (३४५) ले पनि आवश्यक मत ल्याउन सकेनन् । नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टीलगायतका पार्टीका उम्मेदवारहरूले समेत सय मतको आँकडा पार गर्न सकेनन् । दलीय उम्मेदवारसँगै प्रतिस्पर्धामा रहेका १४ जना स्वतन्त्र उम्मेदवारको पनि धरौटी जफत भएको छ। केही उम्मेदवारले १ वा २ मत मात्र प्राप्त गरेका छन् भने नेपाल जनसेवा पार्टीका उम्मेदवार अर्जुनबहादुर शाहीले शून्य मत पाएका छन्। स्मरणीय छ, यही निर्वाचन क्षेत्रबाट विगतमा मदन भण्डारी र विद्या भण्डारी निर्वाचित भएका थिए। अहिले भने सोही क्षेत्रमा एमालेका उम्मेदवारको धरौटी समेत जफत भएको छ।

candidates election 2082